मानव तस्कर रिहाइको माग गर्दै अाजदेखि सबै मेनपावर ठप्प


काठमाडौं— प्रहरीले क्षेत्राधिकार मिचेर मेनपावर कार्यालयमा छापा मारी १२ व्यवसायीसहित १४ जनालाई प्रक्राउ गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सबै मेनपावर कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
banner-300X250
उक्त निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका संघका अध्यक्ष विमल ढकालले प्रहरी र राजस्वको निशानामा मेनपावर व्यवसायी परेकाले यस्तो अवस्थामा काम गर्न नसकिने गुनासो गरे । प्रहरीले विभागको क्षेत्राधिकार समेत मिचेको उनको दाबी छ।

'वैदेशिक रोजगारीसम्बन्धी कुनै कसूर गरेको खण्डमा व्यवसायीलाई कारबाही गर्ने अधिकार विभागलाई मात्र छ,' ढकालले भने। प्रहरीले अहिलेको कारबाहीप्रति माफी नमागेसम्म मेनपावर बन्द गर्ने उनको भनाइ छ। विभागमा सात सय ५४ मेनपावर दर्ता भए पनि करिब ६ सयले वैदेशिक रोजगारीमा कामदार पठाउने गर्छन्। विवाद नमिल्दासम्म कुनै पनि मेनपावरले श्रम स्वीकृति ननिकाल्ने ढकालले बताए।

वैदेशिक रोजगारीको आडमा मानव तस्करी र ठगी बढेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले दुई साताअघि सर्वसाधारणले बढी गुनासो गरेका मेनपावरमा छापा मारी सञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये चारजना सन्चालकले वैदेशिक रोजगारीसम्बन्धी कसूर गरेको पाइएकाले प्रहरीले उनीहरूलाई विभागमा बुझाएको थियो । विभागमा बुझाइएका चारै जना व्यवसायीलाई सोही दिन साढे दुईदेखि पाँच लाख रुपैयाँ धरौटीमा छोडिएको थियो।

आठजना सञ्चालकलाई भने प्रहरीले ठगी र मानव तस्करीको अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरीले ठगी र मानव तस्करीको अपराधमा अनुसन्धान गर्ने अधिकार भएको जनाउँदै आएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा विकृति बढेपछि पीडितले प्रहरीसमक्ष उजुरी दिन थालेका थिए। प्रहरीको सहयोग खोज्ने क्रम बढेपछि पीडितलाई न्याय प्रदान गर्नुपर्ने बाध्यता थियो।
- See more at: http://nagariknews.com/economy/market/story/59162.html#sthash.RniiUNdN.dpuf
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment