April 2, 2072- "Yes, Minister, at airport luggage be lost, so it was something to do. ' 'International airport located only clung so long to be? 'When you become, the next international airport?' "How long is risky domestic flight risk? ' "Foreign Minister repugnant leaders only fun sightseeing tour only to learn that there is something? '
Culture, Tourism and Civil udyanamantri Ananda Prasad Pokharel, many questions from the participants and jijnasaharu 'face' did. Nepalese migrant forum, organized by the New York Chapter, on Monday evening, "Nepal Tourism Development Overseas Nepalese role" Queries related to many of the country's only international airport anrtakriyama conditions that were focused on. Sanjay Thapa, president of Nepali migrant devote your speech podium and said "come here all the chief ministers are repugnant to our suggestions and advice to the appropriate location, but saith to reach the airport as soon forget that you are all, or so it seems condition. Yes, the minister is our hope that we will not do so. '
The Minister also spoke in response to devote your concept in one hour suruvatamai said 'I am from and I'm here to listen. " Mao minister said 'I can not change everything ratarata, it is also possible to me. But I am trying to sustaining the region full of beauty to add. Nepal asking the next one month, the airport will receive state Variants. " Airport on the responsibility of the Ministry of the Minister, there exist so many improved grandmother sidinketa told that it will take some time to remove. "We alone is difficult to solve all the problems. For the Home, and other related means all cooperation is necessary. '
Pokharel own construction work stopped after the Lumbini Airport near thirteen percent complete, he added. "My first priority is to make the last few years the international airport" the minister said. Overseas Forum, held in New York chapter president Radhakrishna Deuja chaired the occasion, Minister Pokharel own fun has come in for a visit to the US counter the "fun of it, how to define? ' Vegetarian own reasoning Minister of the Ministry of ten to twelve hours daily khatekole own memory, "he said in the United States for certain work and plan my trip." The new constitution will lead to a new start with the government, Minister Pokharel political, social and immigration noble Sandhikharka representatives did not split. "Other details of things, the first thing we are united on the basis of feelings of residents are Nepalese hunosa 'the Minister added" we are up more pressure on the unity of the implementation of your ideas. "
Gautam budvako birth being the subject in question is not even accused the Culture Minister Pokharel budvako the birthplace of the religion and Buddhists in the whole world aware of the origin point of Nepal said. "The South Korean government has corrected mistakes in the curriculum of schools. Others are doing the same. ' Upcoming May Buddhists in Nepal fully committed to the success of the conference, Minister Pokharel posed for migrant Nepalese tourism cooperation from prarvadvanama one can deny the noble place. The new constitution offers foreigners social and economic rights, he recalled, saying 'Go Nepal stayed in five consecutive years, you also get political rights. Therefore, the country is also up responsibly martyr. '
US tour on Monday in New York organized by the Tourism Minister for opting for the Global Forum for parliyamenteyinsa were ibhyaluesana program. On Tuesday, Minister Pokharel UN Secretary-General Ban Ki program find me. International conference for Buddhists and invited the UN Secretary General Ban Ban will give.
चैत्र २, २०७२- 'मन्त्री ज्यु, विमानस्थलमै सामान हराउँछ, त्यसलाई रोक्न केही गर्नुपर्यो ।' 'एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलको अवस्थित हविगत कतिन्जेल यस्तै हुने हो ? 'कहिले बन्ने हो, अर्काे अन्र्तराष्ट्रिय विमानस्थल ?' 'जोखिमपुर्ण आन्तरिक उडानको खतरा कतिन्जेल हो ?' 'मन्त्री एवम नेताहरुको विदेश भ्रमण केवल रमाईलो घुमफिर मात्र हो कि केहि सिक्नु पनि हुन्छ ?'
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले सहभागीहरुका यस्ता थुप्रै प्रश्न र जिज्ञाशाहरु 'फेस' गरे । प्रवासी नेपाली मंच, न्युयोर्क च्याप्टरले सोमबार बेलुका आयोजना गरेको 'नेपालको पर्यटन विकाशमा प्रवासी नेपालीहरुको भुमिका' सम्बन्धी अन्र्तक्रियामा धेरैको जिज्ञाशाको मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलको अवस्थामै केन्दि्रत थियो । प्रवासी नेपाली मंचका अध्यक्ष सन्जय थापाले आफनो मन्तव्यमा भने' यहाँ आउने सबै नेता एवम मन्त्रीहरुले हाम्रा सुझाव र सल्लाहलाई उचित स्थान दिने भन्नुहुन्छ तर एयरपोर्टमा पुग्ने वित्तिकै सबै बिर्सिने हो कि क्या हो, स्थिती त्यस्तै देखिन्छ । मन्त्री ज्यु ले त्यसो गर्नु हुने छैन भन्ने हाम्रो आशा छ ।'
प्रतिउत्तरमा एक घण्टा बोलेका मन्त्री पोखरेलले आफनो मन्तव्यको शुरुवातमै भने' म तपाईहरुलाई सुन्न आएको हु ।' जवाफ दिदै मन्त्रीले भने ' मैले रातरात सबै कुरा परिवर्तन गर्न सक्दिन, त्यो संभव पनि छैन् । तर मैले सम्हालेको क्षेत्रमा सुन्दरता थप्ने भरपुर प्रयास गरिरहेको छु । अबको एक महिनापछि नेपाल आउनुस, एयरपोर्टको अवस्थाको भिन्नरुपमा पाउनु हुनेछ ।' मन्त्रालय सम्हालेपछि एयरपोर्टको अवस्थामा धेरै सुधार आएको दादी गर्दै मन्त्रीले त्यहाँ अवस्थित सिडिन्केट लाई हटाउन केहि समय लाग्ने बताए । 'हामी एक्लैले मात्र सबै समस्या समाधान गर्न गाह्रो छ । त्यसका लागि गृह, अर्थ लगायत अन्य सम्बन्धित सबैको सहकार्य जरुरी छ । '
पोखरेलले आफु आएपछि लुम्बिनी बिमानस्थलको रोकिएको निमार्ण कार्य तेह्र प्रतिशत पुरा भएको बताए । 'केहि बर्षमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने मेरो पहिलो प्राथमिकता हो' मन्त्रीले भने । प्रवासी मंच, न्युयोर्क च्याप्टरका अध्यक्ष राधाकृष्ण देउजाको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले आफु रमाईलोका लागि अमेरिका भ्रमणमा नआएको बताउँदै प्रतिप्रश्न गरे ' रमाईलो के हो, कसरी परिभाषित गर्ने ?' आफु शाकाहारी रहेको तर्क गर्दै मन्त्रीले मन्त्रालयमा आफु दश देखि बाह्र घन्टा दैनिक खटेकोले स्मरण गर्दै भने ' अमेरिकामा निश्चित काम र योजनाका लागि यो मेरो भ्रमण हो ।' नयाँ संविधान सँग सरकारले विकाशको नयाँ थालनी गरेको बताउँदै मन्त्री पोखरेलले राजनीतिक, सामाजिक र भुगोलको प्रतिनिधित्वको रुपमा विभाजित नहुन प्रवासीहरुलाई आब्हान गरे । 'अन्य तपशीलका कुराहरु हुन, पहिलो कुरा हामी प्रवासी नेपालीहरु हौं भन्ने भावनाको आधारमा एकजुट हुनोस' मन्त्रीले थपे 'एकताले तपाईको सुझाव कार्यान्वयनमा हामी माथि अझ दबाब पर्नेछ ।'
गौतम बुद्वको जन्मथलोको बिषय विवादित नभएको जिकिर गर्दै संस्कृती मन्त्री समेत रहेको पोखरेलले बुद्वको जन्मस्थल र बौद्व धर्मको उदगम स्थल नेपाल भएको सारा जगत जानकार भएको बताए । 'दक्षिण कोरिया सरकारले स्कुले पाठयक्रममा भुल सच्चाएको छ । अरुले पनि त्यसै गर्दैछन् ।' आगामी जेठमा नेपालमा बौद्व सम्मेलनका सफलताका लागि आफुहरु कटिबद्व भएको बताउँदै मन्त्री पोखरेलले प्रवासी नेपालीहरुलाई नेपालको पर्यटन प्रर्वद्वनमा आआफनो ठाँउ बाट सहयोग गर्न आब्हान गरे । नयाँ संविधानलाई प्रवासीलाई सामाजिक र आर्थिक अधिकार प्रदान गरेको स्मरण गर्दै उनले भने' नेपाल गएर लगातार पाँच बर्ष बसे, तपाईले राजनीतिक अधिकार पनि पाउनुहुन्छ । तर्सथ, मुलुक प्रतिको जिम्मेवारी तपाईहरु माथि पनि छ ।'
अमेरिकाको भ्रमणमा रहेका पर्यटन मन्त्री पोखरेल सोमबार न्युयोर्कमा आयोजना हुनगईरहेको ग्लोबल पार्लियामेन्टेयिन्स फोरम फर ईभ्यालुएशन कार्यक्रममा सहभागी भएका थिए । मंगलबार मन्त्री पोखरेलले राष्ट्र संघका महासचिव वान कि मुनलाई भेटने कार्यक्रम छ । अन्र्तराष्ट्रिय बौद्व सम्मेलनका लागि सयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई निम्तो दिनेछन् ।
0 comments:
Post a Comment