April 7, 2072 for a 5-day visit to Nepal on Saturday arrived in Nepal British Prince Prince Harry visit on Sunday morning, Patan, Bhaktapur him. He spent half an hour around the camp of earthquake victims vyasisthita Bhaktapur. His special interest in the condition of the victim remained. About 60 families are living in Vyasi earthquake victims.
He also claimed that an earthquake victim of the earthquake, the government had an interest in cooperation and the current situation. This year, she is preparing for the exams, to prepare test how're a teenager, Sunsari suvalasamga Prince Harry had that question. He posed for photos piditaharusamga group.
After inspection, the earthquake damaged the camp of earthquake victims, he had observed the Bhaktapur Durbar Square.
Prince Harry will go tomorrow to turn Bardiya National Park and in the evening came to dwell in Pokhara.
चैत्र ७, २०७२- ५ दिने नेपाल भ्रमणको लागि शनिबार नेपाल आइपुगेका बेलायती राजकुमार प्रिन्स ह्यारी आइतबार बिहान पाटनको भ्रमण सकेर भक्तपुर पुगे । उनले भक्तपुरको व्यासीस्थित भूकम्प पीडित शिविरमा करिब आधा घण्टा बिताए । पीडितको अवस्थाबारे उनको विशेष चासो रह्यो । व्यासीमा करिब ६० भूकम्प पीडित परिवार बसिरहेका छन् ।
भूकम्प पीडितसँग कुरा गर्दै उनले भूकम्पपछि सरकारले गरेको सहयोग र अहिलेको अवस्थाबारे चासो राखेका थिए । यो वर्ष एसएलसी परीक्षा दिने तयारीमा रहेकी किशोरी आयुषा सुवालसँग प्रिन्स ह्यारीले परीक्षाको तयारी कसरी गर्दैछौं भनेर प्रश्न गरेका थिए । उनले पीडितहरुसँग सामूहिक तस्बिर खिचाए ।
भूकम्प पीडितको शिविर अवलोकनपछि उनले भूकम्पले क्षति पुऱ्याएको भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए ।
प्रिन्स ह्यारी भोलि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जानेछन् र साँझ पोखरा आएर बास बस्नेछन् ।
0 comments:
Post a Comment