April 12, 2072- emaovadilagayatasamga to hold the party decided to back integration Mohan Vaidya-led revolutionary Maoist central committee meeting has started Friday.
Chairman Dahal and other leaders of the Maoists integration at a time when the party's central committee meeting held informal talks also centered on the agenda is called.
"At one point, the potential for the foundations of their voices the meeting is," revolutionary Maoist Secretary Dev Gurung said, 'unity should be, but how to prepare the base without it in a concrete manner the house. "According to him, the meeting of unity and its basis for leaders gather suggestions will. On the basis of its decision, he said. About five days long, yet the progress of the meeting, the meeting slated Integration process will be the latter.
UCPN-Maoist, including the issue of integration of all ghatakaharusamga team have discussions. Om Yadav, Mani Thapa Gurung discussion is underway in parallel Party leadership. Bikram Chandra said the unity of the Maoist-led informal discussions on Gurung. Not willing to discuss concerning the lack of integration, he said Chand.
चैत्र १२, २०७२- एमाओवादीलगायतसँग पार्टी एकीकरण लगायतका बिषयमा धारणा तय गर्न मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ ।
एमाओवादीसँग एकीकरणबारे अध्यक्ष बैद्य लगायतका नेताहरुले अनौपचारिक छलफल गरिरहेका बेला पार्टीको केन्द्रीय समिति बैठक पनि त्यही एजेण्डामा केन्द्रित गरी बोलाएको हो ।
‘एकताका लागि सम्भाव्य आधारहरु के के हुन्छन् भन्नेमा बैठकमा छलफल हुन्छ,’ क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले कान्तिपुरसँग भने,‘ एकता गर्नुपर्छ भन्ने छ तर कसरी गर्ने भन्ने आधार तयार नभइकन त्यसले मूर्त रुपमा पाउदैन ।’ उनका अनुसार बैठकमा एकता र त्यसका आधारबारे नेताहरुको सुझाव संकलन हुनेछ । त्यसका आधारमा निर्णय हुने उनले जानकारी दिए । झण्डै पाँच दिन सम्म चल्ने बैठकमा अध्यक्ष बैद्यले एकता प्रक्रियाबारे अहिलेसम्म भएका प्रगतिबारे बैठकमा ब्रिफिङ गर्नेछन् ।
माओवादीका सबै घटकहरुसँग एकीकरण गर्ने बिषयमा पनि एमाओवादी सहितका दल छलफलमा छन् । मात्रिका यादव, मणि थापा नेतृत्वका पार्टीसँग समानान्तर कुराकानी भइरहेको गुरुङले जानकारी दिए । नेत्रविक्रम चन्द्र नेतृत्वको माओवादीसँग भने एकताबारे अनौपचारिक छलफल नभएको गुरुङले जानकारी दिए । चन्द एकीकरणको बिषयमा तयार नभएकाले छलफल नगरिएको उनले जनाए ।
0 comments:
Post a Comment