Hindu Holi festival tradition is such a golden sheet, which every character is happy coloring. Holi celebration of life, zest for life and enthusiasm to holiday communications.
Holi morning, 10:30 am to 12 pm darsakamajha direct prasaranamarphata country and abroad are already popular 'Holi Hungama' undertaking arrived at the 2072 'Corporate Holi' has already put on the form.
kathamadaunsahita television and radio stations of major cities corporate radio Kantipur engaging style have already completed preparations to celebrate Holi. Not madhyamamatra media, business event myanejaraharusameta big rally on the nature of the preparations for the months are busy day.
Vaari over Jamuna Jamuna, Jamuna phedaima Manakamana ... "17 years ago, Khem Gurung singer on stage, singing his songs that were popular. At that time, the song sounded too direct an opportunity to hear the radio viewers' vansa More .. nay singer Gurung stage, did not orlanai. Announcer Hem Subedi also Gurung and prolong the time were forced to stage, ubhyairahana, the song re-evaluated Gurung: gaunupareko was. It was an opportunity, for the first time organized by Radio Kantipur special program by Holly 'Holi Hungama'.
2057 BS Radio Kantipur radio station overpowered own for the first time entered the front aksesvara Mahabihar 'Holi Hungama' program was organized to celebrate Holi. Khem gurunasahita popular country singers together, the start of the live broadcast radio Kantipur public places dates back to celebrate Holi in the second, the third year finally complete a nationwide discussion was discovered. Holisamma year 2060 arrived, even Kantipur Television broadcast the event live across the country began to appear on Holi began a new charm.
होली पर्व हिन्दू परम्पराको त्यस्तो स्वर्णिम पाना हो, जसको हरेक अक्षर खुसीको रंगले लेखिएको हुन्छ । होली जीवनको उत्सव हो, जीवनमा उत्साह तथा उमंग सञ्चार गर्ने पर्व हो ।
होलीको दिन बिहान १०:३० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष प्रसारणमार्फत देश–विदेशका दर्शकमाझ लोकप्रिय भैसकेको ‘होली हंगामा’ ले २०७२ सालसम्म आइपुग्दा ‘कर्पोरेट होली’ को स्वरूप धारण गरिसकेको छ ।
काठमाडौंसहित देशका प्रमुख सहरका टेलिभिजन तथा रेडियो स्टेसनले रेडियो कान्तिपुरकै सिको गर्दै कर्पोरेट शैलीको होली मनाउने तयारी पूरा गरिसकेका छन् । सञ्चार माध्यममात्र होइन, व्यवसायिक इभेन्ट म्यानेजरहरूसमेत होलीलाई ठूलै उत्सवको स्वरूप दिन एक महिनाअघिदेखि नै तयारीमा व्यस्त छन् ।
वाारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना...’ १७ वर्षअघि गायक खेमराज गुरुङ स्टेजमा आफ्नो यही लोकप्रिय गीत गाइरहेका थिए । त्यतिबेला रेडियोबाट अत्यधिक बज्ने उक्त गीत प्रत्यक्ष सुन्ने मौका पाएका दर्शकहरूले ‘वान्स मोर..’ भनेपछि गायक गुरुङले स्टेजबाट ओर्लनै पाएनन् । उद्घोषक हेम सुवेदी पनि गुरुङलाई लामै समय स्टेजमा उभ्याइरहन बाध्य भए, त्यसक्रममा गुरुङले उक्त गीत पुन: गाउनुपरेको थियो । अवसर थियो, रेडियो कान्तिपुरले पहिलो पटक आयोजना गरेको होली विशेष कार्यक्रम— ‘होली हंगामा’ ।
२०५७ सालमा रेडियो कान्तिपुरले पुल्चोकस्थित आफ्नै रेडियो स्टेशन अगाडिको अक्षेश्वर महाविहारको प्रांगणमा पहिलो पटक ‘होली हंगामा’ कार्यक्रमको आयोजना गर्दै होली मनाएको थियो । खेमराज गुरुङसहित देशका लोकप्रिय गायक–गायिकाहरूलाई भेला गराएर रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण गर्दै प्रारम्भ भएको सार्वजनिक स्थलमा होली मनाउने चलनले दोस्रो, तेस्रो वर्ष पूरा गरिसक्दा देशव्यापी चर्चा पाइसकेको थियो । २०६० सालको होलीसम्म आइपुग्दा कान्तिपुर टेलिभिजनले समेत उक्त कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न थालेपछि देशैभरि होलीको एउटा नयाँ रौनक देखा पर्न थाल्यो ।
होलीको दिन बिहान १०:३० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष प्रसारणमार्फत देश–विदेशका दर्शकमाझ लोकप्रिय भैसकेको ‘होली हंगामा’ ले २०७२ सालसम्म आइपुग्दा ‘कर्पोरेट होली’ को स्वरूप धारण गरिसकेको छ ।
२०७२ सालको ‘होली हंगामा’ लाई रेडियो कान्तिपुरले पहिलो पटक काठमाडौंबाहिर आयोजना गर्ने तयारी गरिरहँदा राजधानी काठमाडौंमा भने बलिउडदेखि हलिउडसम्मका कलाकार ल्याएर होली मनाउने तयारी भैरहेको छ । काठमाडौंसहित देशका प्रमुख सहरका टेलिभिजन तथा रेडियो स्टेसनले रेडियो कान्तिपुरकै सिको गर्दै कर्पोरेट शैलीको होली मनाउने तयारी पूरा गरिसकेका छन् । सञ्चार माध्यममात्र होइन, व्यवसायिक इभेन्ट म्यानेजरहरूसमेत होलीलाई ठूलै उत्सवको स्वरूप दिन एक महिनाअघिदेखि नै तयारीमा व्यस्त छन् ।
१२ वर्षअघि साइबरसंसार डटकमले होली मनाउने नयाँ परम्पराको थालनी गर्यो । नेपालको यो पहिलो मनोरञ्जन इन्टरनेट पोर्टलले चलचित्र तथा सांगीतिक क्षेत्रका लोकप्रिय सेलिब्रेटीहरूसँग वर्षको एक दिन रमाइलो गरी बिताउने उद्देश्यले होलीको दिनलाई छनौट गरेको थियो । त्रिपुरेश्वरस्थित साइबर संसारको तत्कालीन कार्यालयको चौडा छतमा विभिन्न रंग, खाद्य तथा पेय पदार्यको व्यवस्था गरियो भने । लोकप्रिय गायक–गायिका, साइबरसंसारबाट उदाएका मोडल तथा नजिकका साथीहरू गरी करिब ५० जना होली खेल्न निम्त्याइए । साइबरसंसारका सञ्चालक दीपंकर कसजू सम्झन्छन्— ‘हामीले त्यो वर्षको होलीलाई पिकनिकको शैलीमा मनाएका थियौं । उक्त जमघट यति रमाइलो र सफल भयो कि साइबरसंसारमा होली मनाइएको तस्बिर अपलोड गरेपछि धेरै जनाले हामीलाई उक्त कार्यक्रममा किन नबोलाएको ? भन्दै गुनासोसमेत गरे । हाम्रो उद्देश्य सानो जमघट गरेर होली मनाउनु थियो तर बजारमा त्यो कार्यक्रमले ठूलै चर्चा पायो । फलस्वरूप त्यसपछिका वर्षहरूमा हामीले कर्पोरेट शैलीमै होली मनाउन थाल्यौं ।’ दीपंकरका अनुसार उनीहरूले अर्को वर्षको होलीमा निम्तालुको संख्या पहिलो वर्षको तुलनामा दुई गुणा बनाए । तेस्रो, चौथो वर्षको होली मनाउने क्रममा उनीहरूले ठूलै पार्टी भेन्यू बुक गर्नुपर्यो ।
‘होली मनाउन चाहने सेलिब्रेटीहरूको मनसाय बुझेर हामीले आफ्नै खर्चमा यो रमाइलो कार्यक्रम आयोजित गरिरह्यौं, दीपंकर भन्छन्— विगत केही वर्षदेखि भने उनीहरूले होलीको जमघटलाई निरन्तरता दिएका छैनन् । साइबरसंसारकै अर्का सञ्चालक अभिनव कसजू पछिल्ला वर्ष होलीका कार्यक्रम आयोजना नगर्ने कारण स्पष्ट पार्दै भन्छन्— ‘होलीले कर्पोरेट पार्टीको रूपमा लिन थालेपछि अचेल धेरै ठाउँमा यस्ता कार्यक्रम सम्पन्न हुन्छन् । कतिपय ठाउँमा त टिकट काटेरै प्रवेश गर्नुपर्ने कार्यक्रम पनि सञ्चालन हुन थालेका छन् । यस्तो बेला हामीले निम्त्याएका गायक–गायिका तथा अन्य कलाकारहरू हाम्रो जमघटमा लामो समय बस्न नसक्ने भएपछि हामीले होली विशेष जमघट कार्यक्रमलाई स्थगित गरेका हौं ।’
रेडियोकर्मी तथा इभेन्ट म्यानेजर प्रभात रिमाल अहिले होलीले कर्पोरेट पार्टीको स्वरूप ग्रहण गर्नुमा पार्टी प्यालेस तथा ब्याङ्क्वेटहरूको संख्या वृद्धि हुनुलाई प्रमुख कारण मान्छन् । ‘घर–घरमा होली मनाउँदा घर पनि फोहर हुने, पानीको अभाव हुने तथा खानपिनमा पनि धेरै समय खर्च गर्नुपर्ने भएकाले साथीभाइ मिलेर कर्पोरेट शैलीमा पार्टी प्यालेसमा भेला भएर होली मनाउँदा रमाइलो पनि हुने, पर्व मनाएजस्तो हुने तथा साथीभाइहरूसँग भेटघाट पनि गर्न पाइने कारणले कर्पोरेट शैलीका होली–पार्टी बढेका हुन्, रिमाल भन्छन्— ‘यस्ता पार्टीमा डिजे राखेर नाच्ने, गायक–गायिका तथा सेलिब्रेटीहरूलाई निम्त्याएर रमाइलो गर्ने चलन बढेको हो ।’
पछिल्ला केही वर्ष यता नायिका करिश्मा मानन्धर होली विशेष कार्यक्रम आयोजना गरेर कलाकारहरूकी प्रिय भएकी छिन् । करिश्माले गोदावरीस्थित आफ्नै निवासको रमणीय प्रांगणमा आधा दर्जनभन्दा बढी होली विशेष कार्यक्रम सम्पन्न गरिसकेकी छिन् । करिश्माका श्रीमान् विनोद मानन्धरको जन्मदिनसमेत होलीकै दिन पर्ने भएकाले उनीहरू यो दिनलाई विशेष उत्सवका रूपमा मनाउँछन् । करिश्माले आयोजना गर्ने होली विशेष समारोहमा कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति हुन्छ । सञ्चारमाध्यममा समेत करिश्माको निवासमा मनाइने होलीले राम्रै स्थान पाउँछ । करिश्माले आयोजना गर्ने होलीमा नयाँदेखि पुराना कलाकारहरूसमेत पुग्छन् । ‘सेलिब्रेटीहरूले सार्वजनिक ठाउँमा होली खेल्न नसक्ने भएकाले एकै ठाउँ भेला भएर होली खेल्ने उद्देश्यअनुरूप मैले आफ्नै निवासमा होली खेल्ने परम्पराको थालनी गरेकी हुँ, करिश्मा भन्छिन्— ‘वास्तवमा विनोद र मैले विवाह गरेदेखि नै हरेक होलीमा यस्तो कार्यक्रम आयोजना गर्दै आएका छौं, तर विगत केही वर्षदेखि कलाकारहरूको संख्या बढाएपछि यसले सञ्चारमाध्यमहरूमा समेत चर्चा पाएको हो ।’ ‘२५ वर्ष भयो विनोद र मेरो विवाह भएको, हरेक साल यसरी नै होली खेलिँदै आएको छ,’ करिश्मा भन्छिन्— ‘विगतमा अहिलेको जस्तो प्रचारप्रसार हुँदैनथ्यो, चलचित्र उद्योग हाम्रो घर हो । घरका सबै सदस्य भेला गरेर रमाइलो गर्न पाउँदा हामीलाई खुसी लाग्छ ।’
अनामनगरस्थित मण्डला थिएटरले पनि केही वर्षयतादेखि होली मनाउन थालेको छ । अभिनेता दयाहाङ राईको नेतृत्वमा मण्डलाको होलीमा रंगकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहन्छ । अभिनेता तथा निर्देशक सुनिल पोखरेलले कलाकारलाई अबिर लगाइदिएर मण्डलामा होलीको प्रारम्भ गर्छन् । एक–अर्कालाई रंग दलेपछि कलाकारहरू नाचगानमा व्यस्त हुन्छन् ।
इभेन्ट म्यानेजर धीरज तण्डुकार विगत १२ वर्षदेखि होलीका अवसरमा कर्पोरेट शैलीको पार्टी सञ्चालन गरिरहेका छन् । ‘मैले पहिलो पटक महेन्द्र पुलिस क्लबको स्वीमिङ पुलमा होली पार्टी आयोजित गरेको थिएँ, धीरज सम्झन्छन्— ‘त्यतिबेलाका होली विशेष कार्यक्रममा व्यवसायिक डिजेले गीत बजाउँथे युवा–युवतीहरू नृत्य गर्थे । अहिले भने होली विशेष कर्पोरेट पार्टीको थिम परिवर्तन भएको छ ।
0 comments:
Post a Comment