Oli, Madhesi and ethnic parties to visit China protests

April 1, 2072- The United Democratic Madhesi parties, Prime Minister KP Oli morcalagayata different nationalities who have opposed the impending visit to China. Morcaabaddha parties and ethnic parties, including the 'federal coalition' has the right to appeal to the government of China Ollie bhramanaviruddha capital performance and the capital is going to prepare for the meeting. Oli on March 7 are going to China.

Office in the Federal Socialist Forum meeting scheduled to start at noon, a decision on the party Chairman Rajendra Shrestha. "The government unilaterally pahicanavirodhi intention to continue to support the Constitution not we are preparing to appeal to China," Shrestha said, "Tomorrow's visit how to take a formal decision."

Earlier, the Prime Minister met on Friday morning TMLP Chairman Mahanta Thakur visit to China had reached the front, the leaders did not discuss a few. They also submitted the same day satabude dhyanakarsanapatrama did not mention anything about it, when that party has said the tour had already been decided. India on February 7 went against the party Madhesi and other ethnic parties formal / informal any kind had little comment. Instead, their sister sangathanalagayata display various Madhesi activists had pitted New Delhi. Madhesi community, some students were arrested in Delhi at that time came to be.

Led by Party General Secretary Manish Suman goodwill associated with the leadership of the party constitution, saying they could not be implemented yet been completed when there is no movement, 11-point demand not welcome in your country to China, said request. The closure of the federal coalition led by the party of China in Kathmandu display, Chinese Ambassador to Nepal cunthailai letter to the Embassy of the day, he said. "We constitution making process of major disagreement, the movement by the government in addition to the use of force and human rights violations topic picking Oli Welcome to avoid China request will, now it is preparing," Suman said, 'rent they could if Beijing went on display gathyaum, not as we are preparing to meet the messenger. "

Suman, saying that his own parliamentary party leader Laxman Lal Karna said he had no information against the exhibition. PM's visit could be the defenders of the national interest for the country, said that he is a loser. "I did not know anything about the opposition," Karn said kantipurasaga, "the prime minister said the tour could be focused on national hitamai that there should be no objection. '


चैत्र १, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत विभिन्न जनजाति पार्टीहरुले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको विरोध गर्ने भएका छन् । मोर्चाआबद्ध दलसहित जनजाति पार्टीहरु समेत रहेको ‘संघीय गठबन्धन’ ले ओली भ्रमणविरुद्ध राजधानीमा प्रदर्शन तथा चीन सरकारलाई अपिल गर्न मंगलबार राजधानीमा तयारी बैठक गर्न लागेको हो । ओली चैत ७ गते चीन जाँदैछन् ।

संघीय समाजवादी फोरमको तीनकुनेस्थित कार्यालयमा दिउसो एक बजे सुरु हुने बैठकमा उक्त निर्णय लिइने दलका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘पहिचानविरोधी सरकारले एकलौटी संविधान जारी गर्न खोजेकाले त्यसको समर्थन नगर्न हामी चीनलाई अपिल गर्ने तयारी गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘भ्रमणको विरोध कसरी गर्ने भन्ने औपचारिक निर्णय भोलि लिन्छौं ।’

यसअघि प्रधानमन्त्री भेट्न शुक्रबार बिहान तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित बालुवाटार पुगेका मोर्चा नेताहरुले चीन भ्रमणबारे भने केही चर्चा गरेनन् । सोही दिन उनीहरुले बुझाएको सातबुदे ध्यानाकर्षणपत्रमा पनि यसबारे केही उल्लेख थिएन, जब कि ओलीको भ्रमण भने यसअघि नै तय भइसकेको थियो । फागुन ७ गते भारत गएका ओलीको विरोधमा मधेसवादी र जनजाति दलले औपचारिक/अनौपचारिक कुनै पनि खाले खासै टिप्पणी गरेका थिएनन् । बरु उनीहरुका भ्रातृ संगठनलगायत विभिन्न मधेसी कार्यकर्ताले दिल्लीमा ओलीविरुद्ध प्रदर्शन गरेका थिए । मधेसी समुदायका केही विद्यार्थी त्यस बेला दिल्लीमा गिरफ्तार समेत हुन पुगे ।

गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले ओलीको नेतृत्वमा संविधान कार्यान्वयन हुन नसक्ने भन्दै आन्दोलनका ११ बुदे माग अझै पूरा नभएको अवस्थामा आफ्नो देशमा स्वागत नगर्न चीनलाई अनुरोध गर्ने बताए । ओलीको चीन भ्रमणअघि नै संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गर्ने, चीनका नेपालस्थित राजदूत उ चुन्थाईलाई पत्र दिन राजदूतावास जाने उनको भनाई थियो । ‘हामी संविधान निर्माण प्रक्रियामा मधेसको असहमति, आन्दोलनमा सरकारले गरेको अतिरिक्त बल प्रयोग र मानवअधिकार हननको विषय उठाउदै ओलीको स्वागत नगर्न चीनलाई अनुरोध गर्नेछौं, अहिले त्यसको तयारी भइरहेको छ,’ सुमनले भने, ‘भाडा तिरेर जान सकिने भए बेइजिङ नै पुगेर प्रदर्शन गथ्यौं, नसक्ने भएकाले दूत भेट्न लागेका हौं ।’

सुमनले यसो भन्दै गर्दा उनकै दलका संसदीय दल नेता लक्ष्मणलाल कर्णले विरोध प्रदर्शनबारे आफूलाई कुनै जानकारी नभएको बताए । राष्ट्रिय हित रक्षामा प्रधानमन्त्रीको भ्रमण हुन सके देशका लागि फाइदै हुने उनको भनाई छ । ‘विरोधको बारेमा मलाई केही थाहा भएन,’ कर्णले कान्तिपुरसग भने, ‘प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय हितमै केन्द्रित हुन सक्यो भने आपत्ति मान्नुपर्ने कुरा छैन ।’




Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment