Welcoming China's decisions means that no


काठमाडौं— संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबवले नयाँ संविधानलाई चीनले स्वागत गर्नुको अर्थ नभएको बताएका छन्। रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मधेसी मोर्चा नेता यादबले भने, 
‘चीनको स्वागतको अर्थ छैन।’
संविधानलाई नेपाली जनताले अझै स्वागत नगरेको उनको दाबी थियो।
banner-300X250
लैनचउर स्थित भारतीय दूतावासको दिवाभोजमा सरिक भएको भोलिपल्ट नेता यादबको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। मोर्चा नेतालाई भारतीय राजदूत रणजीत रायले बिहीबार दूतावासभित्रै दिवा भोज दिएर राजनीतिक छलफल गरेका थिए।
साक्षात्कारमा अध्यक्ष यादबले भारतीय दूतावासको दिवाभोजबारे भने केही बोलेनन्।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादबले ओलीको व्यक्तिगत खुबीले पारवहन सम्झौता नभएको दाबी गरे। पारवहन सम्झौताको पहिलैदेखि चीनले चाहिरहेको उल्लेख गर्दै त्यही पूर्व तयारीले अहिले मूर्तरुप लिएको उनको भनाइ थियो।
मोर्चाका माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको बताउँदै उनले त्यतिबेलासम्म माग पूरा नगरे आन्दोलनमा जाने चेतावनी दिए। ‘सरकारले अहिलेसम्म केही गरेको छैन। यो अवसरलाई सरकारले सदुपयोग गरोस भन्ने मोर्चाको चाहना छ’, उनले भने।
प्रधानमन्त्री केपी शर्मा अाेलीकाे चीन भ्रमणका क्रममा अाएकाे संयुक्त विज्ञप्तिमार्फत चीनले नेपालमा संविधान सभाले जारी गरेकाे नयाँ संविधानलाइ स्वागत गरेकाे थियाे। दक्षिणी छिमेकी भारतले नयाँ संविधान जारी गरेकाेमा क्रुद्ध हुँदै नेपालमाथि ६ महिनासम्म नाकाबन्दी गरेकाे अवस्थामा चीनकाे स्वागतलाइ अर्थपूर्ण मानिएकाे छ। प्रधानमन्त्रीकाे भारत भ्रमणका समयमा पनि भारतले नेपालकाे नयाँ संविधानलाइ स्वागत गर्न नमानेपछि अाेली संयुक्त विज्ञप्ति जारी नगरी नेपाल फर्किएका थिए। भारतले संविधानकाे विराेध गर्न मधेसका विभिन्न समूह तथा दलहरूलाइ उपयाेग गरेकाे विश्वास गरिन्छ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment