काठमाडौँ २३ चैत । पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ता माथि कुनै पनि किसिमको आशंका र बहस अस्वीकार्य हुने बताएका छन् । नेपालको सार्वभौमसत्ताबारेमा बहस हुनुपर्ने भारतीय राजदूत रञ्जित रेको कथित टिप्पणीप्रति त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘‘पछिल्लो चरणमा सार्वभौसत्ताका बारेमा नै बहस हुनुपर्छ भन्ने कुरा जसरी मिडियामा आइरहेको छ र छिमेकीहरुबाट भनियो भनिएको छ । यो आश्चर्य र विडम्बनाको बिषय हो । नेपालीहरुको निम्ति असह्यै हुने बिषय पनि हो’ प्रचण्डले भने ।
स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा नेपाल संयुक्त राष्ट्रसंघको सम्मानित सदस्य रहेको,पटक पटक सुरक्षा परिषदमा नेपालले प्रतिनिधित्व गरी सकेको र स्वयम् भारतसँग नेपालका थुप्रै सन्धी सम्झौताहरु स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतले भएको उल्लेख गरे ।
‘आफनो राष्ट्रपतिको संम्वेदनशीलता र चेतना अभुतपूर्वरुपमा विकास भइरहेको सन्दर्भमा यो बहस अगाडि आउनु दुर्भाग्यपूर्ण छ’, उनले भने, ‘यो आधिकारिक हो कि होइन मलाई थाहा छैन । यदि आधिकारिक हो भने नेपाली जनताले त्यही ढंगले गम्भीरताका साथ लिनुपर्ने हुन्छ ।’
भारत र यूरोपेली यूनियनले ब्रसेल्सबाट नेपालको संविधानबारेमा गरेको टिप्पणीप्रति पनि प्रचण्डले आपत्ति जनाए । ‘तकालिक हिसावले चीन भ्रमणको प्रतिक्रियास्वरुप आयो भन्न सकिन्छ । कहीँ न कहीँ भारतलाई चित्त बुझिराखेको छैन भन्ने त्यसबाट झल्किन्छ । तर, यति कारणबाट मात्रै आयो भनियो भने त्यो सत्य हुन्छ जस्तो लाग्दैन’, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताको प्रतिक्रियास्वरुप ईयू र भारतको बक्तव्य आएको हो कि भन्ने जिज्ञासमा दाहालले भने, ‘यसका पछाडि लामै सोचले काम गरिाखेको छ ।
सन् १९५० देखिको माइण्ड सेट र पछिल्लो चरणमा संविधान निर्माण प्रक्रियाका बेला देखा परेका राजनीतिक प्रवृत्तिहरु र आन्दोलन र नाकाबन्दीका घटनाक्रम नेपालमा भए, यसको श्रृङखलामा पनि यसलाई हेर्नुपर्ने हुन्छ । चीन भ्रमणको प्रतिक्रियास्वरुप मात्रै आयो भनेर बुझियो भने समग्रपक्षको सही बुझाइ हुन्छ भन्ने मलाई लाग्दैन ।’आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
- See more at: http://medianp.com/2016/04/83019.html#sthash.z3qQAjJD.dpuf
0 comments:
Post a Comment