I went from box to box in the street hiroharu doors - Rekha Thapa :: Video


Butwal, March 20. CPN (UML) standing committee member Shankar Pokharel, winning the battle of national pride distract India, Nepal, said the senior international image.

Since the promulgation of the constitution-drafting process began, he generated during a lesson in pride, said the challenge.

Self-UML leader Ramnath Dhakal National Volleyball Championship held in memory Rupandehi- salajhandima government of national pride today, leader Pokharel said Warfare effective and saphalarupama moved ahead.

Pokharel said the government, foreign relations and the principle of waging war pride established a new standard also mentioned.

Pokharel said the prime minister also said that his visit to China has been successful historically. He subsequently worked in the transit agreement was a landmark and pride for the country, he added. He searched the country without making bharatavestita when the agreement with China was also the beginning of a new week, he said.

UML politburo member and former member of the Young Leaders Dhakal No. 5 in Kathmandu on March 22 had died. Swine flu has been admitted to hospital due to his grandi course of treatment had died.

Dhakal, UML influential leader, coordinating, and worker militant leader as a beast. A year after his demise, the memory of his constituency committee president Krishna Ghimire memory volleyball organized by the Regional Committee said.

Prasad Ghimire, president of the regional committee of the competition chaired by UML, UML Rupandehi inaugurated President Bhoj Bahadur Shrestha, former member of the National Representative Council bhumisvara Dhakal, regional in-charge Min Prasad Ghimire, president of the District Sports Development Committee spoke sum gurunalagayatale.

The tournament will end on April 22 who received the first place cash prize of Rs one lakh one thousand 100, the second arrangement of Rs 51 thousand to Rs 31 thousand 100 to 100 and the third team will receive cash. There is no charge for viewing the contest organizers have expressed worthless.
बुटवल, २० चैत । नेकपा (एमाले) का स्थायी समिति सदस्य शङ्कर पोखरेलले राष्ट्रिय स्वाभिमानको लडाइँ जित्दा भारत विचलित भएपनि नेपालको अन्तर्राष्ट्रिय छवि उँचो भएको बताउनुभएको छ ।

उहाँले संविधान निर्माणको प्रक्रिया सुरु भएदेखि संविधान बनेपछिका समयमा उत्पन्न भएका चुनौतीले स्वाभिमानको पाठ सिकाएको बताउनुभयो ।

एमाले नेता स्व रामनाथ ढकालको स्मृतिमा रुपन्देहीको सालझन्डीमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै नेता पोखरेलले सरकारले राष्ट्रिय स्वाभिमानको लडाइँलाई प्रभावकारी र सफलरुपमा अगाडि बढाएको बताउनुभयो ।

नेता पोखरेलले सरकारले स्वाभिमानको लडाइँ लड्दा नेपालको परराष्ट्र सम्बन्ध र सिद्धान्तमा नयाँ मानक स्थापित भएको पनि उल्लेख गर्नुभयो ।

नेता पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको पनि बताउनुभयो । उहाँले चीनसित भएको पारवहन सम्झौताले युगान्तकारी काम गरेको र मुलुकका लागि गौरवको कुरा भएको बताउनुभयो । उहाँले भूपरिवेष्टित मुलुकलाई भारतवेष्टित बनाउन खोजिएका बेला चीनसित भएको सम्झौताले नयाँ अध्यायको सुरुवात भएको पनि उल्लेख गर्नुभयो ।

एमालेका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं ५ का पूर्व सभासद् युवा नेता ढकालको गत चैत २२ गते काठमाडौँमा निधन भएको थियो । स्वाइनफ्लुका कारण ग्रान्डी अस्पतालमा भर्ना भएका उहाँको उपचारकै क्रममा निधन भएको थियो ।

नेता ढकाललाई एमालेका प्रभावशाली, समन्वयकारी, जुझारु र समाजसेवी नेताका रुपमा लिइन्थ्यो । निधनको एक वर्ष पुगेको स्मृतिमा उहाँकै निर्वाचन क्षेत्रको कमिटीले स्मृति भलिबलको आयोजना गरेको क्षेत्रीय कमिटी अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

एमाले क्षेत्रीय कमिटीका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य भूमिश्वर ढकाल, क्षेत्रीय इन्चार्ज मीनप्रसाद घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङलगायतले बोल्नुभएको थियो ।

चैत २२ गते समापन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले नगद रु एक लाख एक हजार १००, द्वितीय हुनेले रु ५१ हजार १०० तथा तृतीय टिमले नगद रु ३१ हजार १०० प्राप्त गर्नेछन् । प्रतियोगिता अवलोकनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment