काठमाडौँ, २३ चैत - बार्सिलोनाका ब्राजिलियन स्ट्राइकल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जान चाहेका उनका एजेन्टले बताएका छन्।
लिग वान च्याम्पियन पिएजसीले चासो देखाएमा नेइमार बार्सिलोना छोडेर जान सक्ने उनका एजेन्ट वाग्नर
रिबेइरोले बताए। सन् २०१३ को जुनमा ब्राजिलियन क्लब सान्टोसबाट बार्सिलोना आएपछि नेइमारले स्पेनिस ला लिगाका ८६ खेलमा ५२ गोल गरिसकेका छन्। नेइमारको बार्सिलोनासँगको अनुबन्धमा उनलाई १५ करोड ४० लाख पाउण्ड तिर्न सक्ने क्लबले मात्रै लैजान सक्ने उल्लेख छ। यो नियम पालना गरेर नेइमारलाई लैजान सक्ने क्षमता पिएसजीमा मात्रै रहेको र नेइमारले पनि पिएसजी मनपराउने एजेन्ट रिबेइरोले बताए।
उनले भने ‘यदी पिएसजीले नेइमारलाई लैजाने चासो देखायो भने हामी यसमा कुरा गर्न तयार छौं ।’ बार्सिलोनामा यो सिजन नेइमार, लियोनल मेस्सी र लुइस स्वारेजको एकता राम्रो छ। एमएसएनका रुपमा चिनिने यी तीन खेलाडीको राम्रो प्रदर्शनका कारण बार्सिलोना अहिले ला लिगाको शीर्ष स्थानमा छ भने कोपा डेल रेको फाइनल तथा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ। एजेन्ट रिबेइरोले भने ‘नेइमार बार्सिलोनामा खुसी छन्। उनले राम्रो गरिरहेका छन्। विश्वको उत्कृष्ट क्लबबाट खेल्नु सानो कुरा होइन । तर पेरिस जस्तो शहरमा बस्न र पिएसजी जस्तो क्लबबाट खेल्न सबै खेलाडीको चाह हुन्छ। नेइमारमा पनि यो चाहना छ।’ नेइमारले बार्सिलोनासँग सन् २०१८ सम्मको सम्झौता गरेका छन्।
अझै दुई वर्षसम्म हेर्ने र सम्झौता अवधि सकिएपछि अरु क्लबका बारेमा सोच्न सकिने एजेन्ट रिबेइरोले बताए। १५ करोड ४० लाख पाउण्ड धेरै भएको तर पिएसजीका लागि यो रकम तिर्नु ठूलो कुरा नरहेकाले नेइमार पिएसजी जाने सम्भावना रहेको उनले बताए। एजेन्सी

0 comments:
Post a Comment