बेलायत, २३ चैत्र - बेलायती गृहमन्त्री टेरिसा मेले भूकम्प पीडित नेपाली बालबालिका घरेलु कामदारका रुपमा बेलायतमा बेचिने गरेको समाचारप्रति आफु गम्भीर भएको बताउँदै त्यहाँको प्रहरीलाई अनुसन्धान सुरु गर्न आदेश दिएकी छिन्।
बेलायतबाट प्रकाशित हुने ’सन’ पत्रिकामा प्रकाशित समाचार अनुसार भारतको पंजाव राज्यमा त्यहाँका अपराधिक समूहहरुले भूकम्पपीडित नेपाली तथा असहाय भारतीय बालबालिकालार्इ ५३०० पाउण्डमा सम्पन्न बेलायती परिवारलाई बेच्ने गरेको छ।
गार्डीयन पत्रिकाका अनुसार बेलायती मन्त्रीले बालबालिका बेचविखनलाई ’अत्यन्त घृणित अपराध’ भन्दै त्यहाँको ’नेसनल क्राइम एजेन्सी’लाई अनुसन्धान गर्न आदेश दिएको हुन्।
यस्तो तस्करीबाट नाफा कमाउने अपराधीहरुलाई दण्डित गर्नका निम्ति ‘सन’ पत्रिकाले उसँग भएका बाँकी सुचना र तथ्यहरु प्रहरीलार्इ प्रदान गर्नुपर्ने बताइन्।
‘संसारमा कतै पनि र कुनै पनि बच्चालाई उसको घरबाट अलग्याउनु हुँदैन र दास बनाएर काम गर्न बाध्य पार्नुहुँदैन,’ उनले भनिन्,‘यसैकारण हामीले गत वर्ष ऐतिहासिक ‘मोडर्न स्लेभरी एक्ट’ सुरू गर्यौं जसले बच्चाहरुको अझ बढी रक्षा गर्छ र अपराधमा संग्लन व्यक्तिहरुलाई जन्म कैद सम्मको सजाय दिन्छ।
सोमबार सन पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार असहाय बालबालिकालार्इ बेलायतका धनि परिवारहरुका निम्ति बेतलवी काम गर्नका निम्ति बेचिन्छ।
सन पत्रिकाका छद्मधारी पत्रकारलार्इ एक मखन सिंह नाम गरेको तस्करले धेरै बालबालिका मध्ये एक छानेर किन्न प्रस्ताव उल्लेख छ। उसले पत्रकारलाई प्राय जसो बेलायतमा बेचिने बालबालिका नेपाली हुने गरेको बताएको थियो। - एजेन्सी

0 comments:
Post a Comment