Son and daughter were born, adding SLC exam Aapke :: Read More News >>


चैत २१, दैलेख र जाजरकोटमा दुईजना छात्राले प्रवेशिका परीक्षा एसएलसी दिँदादिँदै बच्चा जन्माएका छन् ।

परीक्षा केन्द्रमै दैलेखमा एक छात्राले छोरा जन्माएकी छन् भने जाजरकोटकी छात्राले छोरी जन्माएकी हुन् । परीक्षा केन्द्रमै सुत्केरी भएका दुबै छात्राले परीक्षा समेत दिएका छन् ।

दैलेखको चामुण्डा उच्च मावि परीक्षा केन्द्रमा आइतवार अनिवार्य गणित विषयको परीक्षा दिने क्रममा एक छात्राले छोरा जन्माएकी हुन् । छात्रा विमला रावतलाई परीक्षा हलमा प्रवेश गर्नै लाग्दा सुत्केरी व्यथा लागेको थियो ।

सोही क्रममा उनले केन्द्रमा नै छोरा जन्माएको बताइएको छ । विमलाले केन्द्रमै छोरा जन्माएको उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रसाद तिमिल्सेनाले बताएका छन् ।

विमलाले गणित विषयको परीक्षा पनि दिएको र आमा र बच्चाको अवस्था सामान्य रहेको समेत उनले जानकारी दिएका छन् । परीक्षा दिने क्रममा जन्मिएकाले आफन्तहरुले बच्चाको नाम न्यूटन राखिदिएका छन् ।

यस्तै जाजरकोटमा पनि एक छात्राले आइतवारको परीक्षामा छोरी जन्माएकी छन् । जिल्लाको सरस्वती उच्च मावि सिमा परीक्षा केन्द्रमा ति छात्राले छोरी जन्माएकी हुन् ।

परीक्षा दिँदादिदै छात्रा गीता बुढाले छोरी जन्माएको शिक्षकहरुले जनाएका छन् । परीक्षामा लेख्न सुरु गरे लगत्तै गीतालाई सुत्केरी व्यथा लागेको थियो ।

केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीका अनुसार बच्चा जन्माएर पनि गीताले गणित विषयको परीक्षा दिएकी छन् । यसैबीच एसएलसीको तेस्रो दिन मध्यपश्चिम क्षेत्रमा परीक्षा शान्तिपूर्ण भएको मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ ।
 
- See more at: http://dcnepal.com/news/news.php?nid=202510#sthash.mZklCAdW.dpuf
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment