फाल्गुन १६, २०७२- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायको चुनाव आगामि वैशाखमा गर्नु पर्ने बताएका छन् । आइतबार दार्चुलाको नवौं जिल्ला परिषद्लाई सम्बोधन गर्दै उनले वैशाखमा निर्वाचन गर्नेगरी सरकारले तयारी गर्नुपर्ने बताएका हुन् ।
‘वैशाखमा मौसमले साथ दिने भएकाले मुलुकभर एकसाथ चुनाव गर्न सकिन्छ,’ उनले भने । ‘लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहिनले राजनीतिक शून्यता बढेको छ,’ उनले भने, ‘छिटो स्थानीय निकायको चुनाव गरी ग्रामीण भेगमा विकासको लहर जगाउनुपर्छ ।’ स्थानीय निकायको चुनावले मात्र ग्रामीण भेगमा सामाजिक, आर्थिक लगायतका क्रान्ति ल्याउने सक्ने उनले बताए ।
उनले सीमांकनपछि बनेको ७ नम्बर प्रदेश विकासमा पछाडि भए पनि सम्भावना भने थुप्रै रहेको बताए । मुलुकमा संक्रमणकाल सकिएकाले विकासमा लाग्न सबैलाई उनले आग्रह गरे ।
परिषदमा स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामि आर्थिक वर्ष २०७३/७४ को एक अर्ब ८६ करोड ५५ लाख ८७ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
http://bit.ly/1QPzkPM
0 comments:
Post a Comment