The first amendment of the constitution the president authorization bill




iv class="content-wrapper" style="background-color: whitesmoke; box-sizing: border-box; color: #5c5c5c; font-family: 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 15.8px; line-height: 26.86px;">
फाल्गुन १६, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२’ आज प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका–संसदले उक्त विधेयक माघ ९ गते पारित गरेको थियो । पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गरेकी थिइन् । प्रमाणित विधेयकलाई प्रमाणिकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।

मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता गराएको थियो । विधेयकमाथि संसदमा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो ।

नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारालाई संशोधन गरेको छ । संविधानको धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत समावेशी सिद्धान्तको आधारमा भन्ने स्थानमा समानुपातिक समावेशी हुने व्यवस्था गरिएको छ । धारा ८४ मा ‘भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्ने’ भन्ने व्यवस्था रहेकोमा ‘जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने’ गरी संशोधन भएको छ ।
त्यसैगरी, धारा २८६ मा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा एक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्या मुख्य र भूगोललाई दोस्रो आधार मान्नुपर्ने’ व्यवस्था गरिएको छ ।
प्रकाशित: फाल्गुन १६, २०७२


http://bit.ly/1VLtxsu
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment