चन्द्रकान्त खनाल, रुपन्देही, फागुन १४ - चार छोरीका बाबु आमा बनिसकेको रोल्पाका तेजमान र ललिता विष्ट एउटा छोराको आशामा थिए । छिमेकी र आफ्न्तले समेत स्थायी परिवार नियोजन गर्नु पर्ने सुझाई रहेपनि उनिहरुको भित्री इच्छा अझै एउटा छोरा जन्माउनु थियो ।
त्यसो त आर्थिक अवस्थाका कारण पनि पाँच सन्तान उनिहरुका लागि चुनौती थियो । छोराको आशामा चार छोरी जन्माए सकेका ललिता र तेजमान जव पांचौ सन्तानका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आए, उनिहरुको बषौं सम्मको प्रार्थना इश्वर ले त सुने तथ एउटा मात्र होईन उनिहरुलाई एकै चोटी ३/३ जना छोरा दिए ।
छोराका लागि १५ बर्षदेखि यचना गर्दै आएका विष्ट अहिले हांस्नु न रुनु जस्तै भएका छन् । उनिहरु अव एकै चोटी ७ सन्तानका अभिभावक पनि बनेका छन् ।
0 comments:
Post a Comment